Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पत्रकार धमलालाई कोरोना संक्रमण

पत्रकार धमलालाई कोरोना संक्रमण

  • आइतवार, कार्तिक २३ २०७७

  • 1.1K
    SHARES

  • पत्रकार धमलालाई कोरोना संक्रमण

    काठमाडौं । पत्रकार ऋषि धमलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज गरिएको परीक्षणमा उहाँलाई कोरोना संक्रमण देखिएको हो ।
    कन्ट्याक ट्रेसिङमा परेकाले चेक गर्दा आफूलाई कोरोना पोजेटिभ देखिएको उहाँले नेपाली नेटवर्कलाई जानकारी दिनुभयो ।

    अहिले आफू घरमै आइसोलेसनमा बसिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

    साथै, पत्रकार धमलाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिँदै यो बीचमा उहाँसँग प्रत्यक्ष सम्पर्कमा रहनुहुने सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउन आग्रहसमेत गर्नुभएको छ ।

    ‘आदरणीय सबैमा नमस्कार ! कन्ट्याक्ट ट्रेसिङका आधारमा आज गराएको कोभिड–१९ स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । योबीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहुने सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला’, उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘म आजैबाट होम–आइसोलेशनमा बसेको छु । यहाँहरुको माया, सद्भाव, शुभेच्छा र आशीर्वादले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास लिएको छु । धन्यवाद !’

    नेपाली रेडियो नेटवर्कका अध्यक्षसमेत रहनुभएका पत्रकार धमलाको शिघ्र स्वास्थ्यलाभको कामना !

    Capture.PNG


    आइतवार, कार्तिक २३ २०७७०४:४६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij