काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ‘क्लिन चिट’ दिएको भन्न नमिल्ने बताउनुभएको छ ।
प्रतिवेदनमा पुर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेको नाम नै किटान भएको र कानुन बमोजिम कारवाही गर्नु भनिएकाले अब क्लिन चिट भन्न नमिल्ने स्पष्ट पार्दै यसरी भ्रम फैलाउनु अर्को ठगी भएको अधिवक्ता अर्यालको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिवक्ता अर्यालले सहकारीको रकम अपचलनमा लामिछाने पनि संलग्न देखिएको प्रस्टै हुने दाबी गर्नुभयो ।
यता, लामिछानेले भने यो प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताइरहनुभएको छ भने पार्टीले क्लिन चिट पाएको दाबी गरिरहेको छ ।
संसदीय छानविन समितिमा रास्वपाकै सांसद पनि भएकाले यसलाई मान्नुपर्ने बताउँदै उहाँले यो छानविन राजनीतिक रुपमा भएको तर्क गर्नुभयो ।
यस्तै यो ठगीलाई संगठीत अपराध भनिने समेत अधिवक्ता अर्यालको भनाइ छ ।