काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको अन्तरद्वन्द्व अहिले उत्सर्गमा पुगेको छ । यसैबीच, स–सानादेखि सचिवालय सदस्यसम्मको अनौपचारिक भेला बाक्लो हुँदै गएको छ ।
यसै क्रममा शनिबार ओलीपक्षका नेता–कार्यकर्ताको भेला काठमाडौंको बसुन्धरामा बसेको छ ।
सो भेलालाई नेकपाका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्नुभएको स्रोतले बताएको छ ।
साथै, नेकपाका काठमाडौं जिल्ला कमिटी अध्यक्ष कृष्ण राईसहित अन्य अगुवा कार्यकर्ताहरू भेलामा सहभागी भएको स्रोतले जनाएको छ ।
क्षेत्र नम्बर ५ को कार्यकर्ता भेला भनिएको भए पनि उक्त भेलामा पूर्वएमालेसम्बद्ध नेता कार्यकर्ताहरूको मात्र उपस्थिति रहेको थियो ।