Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

संविधानविरुद्ध अहिले ठूलो शक्ति लागेको ओलीको दाबी

संविधानविरुद्ध अहिले ठूलो शक्ति लागेको ओलीको दाबी

  • शनिवार, भाद्र २९ २०८१

  • 606
    SHARES

  • संविधानविरुद्ध अहिले ठूलो शक्ति लागेको ओलीको दाबी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरुद्ध अहिले ठूलो शक्ति लागेको दाबी गर्नुभएको छ ।

    स्थानीय तहमा जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नेपालमा शान्ति सुव्यवस्था हुन नदिने षड्यन्त्र भइरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘अहिले सामन्ति, शिरंकुश र अधिनायकवादी राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको मैले कहिल्यै देखेको छैन । राजतन्त्र हुँदा पनि केही पञ्चहरु भेला हुन्थ्यो अनि कराउँथे। अहिले त्यो भन्दा बढी आशाधारी कराइरहेका छन् ।’

    नेपाललाई विकास र समृद्धिको बाटोमा बढ्नै नदिने प्रयास भइरहेको उहाँले जिकिर गर्नुभयो ।


    शनिवार, भाद्र २९ २०८१०३:०२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij