Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भारतका चर्चित कम्युनिष्ट नेता सिताराम यचुरीको निधन

भारतका चर्चित कम्युनिष्ट नेता सिताराम यचुरीको निधन

  • बिहिवार, भाद्र २७ २०८१

  • 639
    SHARES

  • भारतका चर्चित कम्युनिष्ट नेता सिताराम यचुरीको निधन

    काठमाडौं । भारतका चर्चित कम्युनिष्ट नेता सिताराम यचुरीको निधन भएको छ । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव यचुरीको दीर्घ रोगको कारण मृत्यु भएको हो । उनी ७२ वर्षका थिए ।

    भारतको एम्स अस्पतालमा श्वासप्रश्वास समस्याले थलिएर पुगेका उनको निधन भएको हो । सन् २०१५ बाट भारतीय कम्युनिष्ट पार्टीको महासचिवमा चुनिएका यचुरीले नेपालको शान्ति प्रकृयाको क्रममा नेपाली दलहरूसँगको भारतीय संस्थापनको समन्वय गर्न पनि भूमिका खेलेका थिए ।

    २०६२ को जनआन्दोलनमा भारतलाई नेपालका राजनीतिक दल र जनआन्दोलनप्रति नरम बनाउँन येचुरीको निर्णायकस्तरको भूमिका थियो । किनकी त्यतिबेला मनमोहन सिंह नेतृत्वको युपिए सरकारमा भारतीय वामपन्थीहरु लगभग निर्णायक संख्या अर्थात ५६ सीटसहित संसदमा थिए । वामपन्थीको समर्थन नरहदा सरकार नै गिर्ने अवस्था आणविक विवादको बेला आएको थियो ।

    उनले पटक–पटक नेपालको भ्रमण गरेका थिए ।


    बिहिवार, भाद्र २७ २०८१०५:१०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij