काठमाडौं। सेयर बजार परिसूचक नेप्से कारोबार दिनको ६ दिनपछी आज बल्ल सम्हालिएको छ। आज सातौँ कारोबार दिन नेप्से ७८.१७ अंकले बढेर बन्द भएको छ। यसअघिका लगातार ६ कारोबार दिन बजार घटेको थियो ।
आज नेप्से परिसूचक २.९९ प्रतिशतले बढेर २६८८.३८ विन्दुमा बन्द भएको छ। कारोबार रकम पनि वृद्धि भएर आठ अर्ब १६ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यसअघी बुधबार ६ अर्ब ८५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। २२९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ। १२ कम्पनीको सेयर मूल्य घटेको छ। तीन कम्पनीको सेयर मूल्य स्थिर छ ।
विन नेपाल लघुवित्त वित्तीय संस्था, ग्रीन भेन्चर, इस्टर्न हाइड्रोपावर र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ समूहमध्ये १२ वटाको परिसूचक बढेको छ। म्युचुअल फन्ड समूहको परिसूचक ०.०९ प्रतिशतले घटेको छ ।