काठमाडौं। सेयर बजार परिसूचक नेप्से आज २२.७३ अंक घटेर २,६१०.२१ विन्दुमा बन्द भएको छ।आज नेप्सेसँगै कारोबार रकम पनि घटेर ६ अर्ब ८५ लकरोड ११ लाख रुपैयाँमा सिमित भएको छ।
आज कारोबारमा आएका ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको सेयर मूल्य घटेको छ। आज चार कम्पनीको सेयर मूल्य भने स्थिर छ।
घटेको बजारमा विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य ९.४८ प्रतिशतले वृद्धि भएको छ ।
आज कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स समूहको ०.४३ प्रतिशतले, निर्जीवन बिमा समूहको ०.०२ प्रतिशत र व्यापार समूहको परिसूचक ०.१६ प्रतिशतले वृद्धि भएको छ ।