काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २०६ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ५५ हजार ११४ जना निको भएका छन् ।
हाल देशभर ३५ हजार ४३५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घन्टामा १७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार ८७ पुगेको छ ।