Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नरेन्द्र मोदीको नेपाल भ्रमण तयारी सुरू भइसक्यो : राणा

नरेन्द्र मोदीको नेपाल भ्रमण तयारी सुरू भइसक्यो : राणा

  • मंगलवार, भाद्र १८ २०८१

  • 651
    SHARES

  • नरेन्द्र मोदीको नेपाल भ्रमण तयारी सुरू भइसक्यो : राणा

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको तयारी सुरू गरिसकेको बताउनुभएको छ ।

    हालै भारत भ्रमण सकेर फर्किएकी राणाले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र मोदीलाई दिएको र उहाँले त्यसको तयारीका लागि सम्बन्धित निकायलाई तत्कालै निर्देशन दिएको जानकारी गराउनुभयो ।

    मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री राणाले आफूले भारतीय प्रधानमन्त्री मोदीसँगको शिष्टाचार भेटमा दुई मुलुकबीचको आपसी सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने विषयमा जोड दिएको पनि प्रष्ट्याउनुभयो ।

    परराष्ट्रमन्त्री देउवाले आफूले भारत भ्रमणको क्रममा त्यहाँका समकक्षी एक जयशंकरसँग दुई मुलुकबीचमा विगतमा भएको सम्झौता कार्यान्वयन गर्ने विषयमा छलफल गरेको पनि बताउनुभयो ।

     


    मंगलवार, भाद्र १८ २०८१०४:४४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij