Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीसहित सांसदहरुले एकसाथ ध्यान र योग गर्ने

प्रधानमन्त्रीसहित सांसदहरुले एकसाथ ध्यान र योग गर्ने

  • मंगलवार, भाद्र ११ २०८१

  • 574
    SHARES

  • प्रधानमन्त्रीसहित सांसदहरुले एकसाथ ध्यान र योग गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित संघीय संसद्का दुवै सदनका सांसदहरूले एकसाथ ध्यान र योग गर्ने भएका छन् । जीवन विज्ञान प्रतिष्ठानले संसद् सचिवालयसँग मिलेर भदौ १४ गते ध्यान शिविर गर्न लागेको हो ।

    प्रधानमन्त्री ओली प्रमुख अतिथि रहने सो कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसहित दुवै सदनका सांसदहरूको सहभागितामा ध्यान शिविर हुन लागेको छ ।

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा हुने सो कार्यक्रममा सहभागी हुन सांसदहरूलाई योगाभ्यास गर्न सहज हुने खुकुलो पोसाक लगाएर आउन आयोजक जीवन विज्ञान प्रतिष्ठानले आग्रह समेत गरेको छ ।

    कार्यक्रमपछि आयोजकले सांसदहरूलाई माछा मासु बिनाको सात्त्विक भोजनको पनि व्यवस्था गरेको छ ।

    कार्यक्रम बिहान ८ देखि साढे ११ बजेसम्म हुने कार्यक्रम व्यवस्थापक अभिषेक अधिकारीले जनाएका छन् ।


    मंगलवार, भाद्र ११ २०८१०६:५४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij