Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा उच्च अंकको गिरावट, १८५ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा उच्च अंकको गिरावट, १८५ कम्पनीको मूल्य घट्यो

  • आइतवार, भाद्र ९ २०८१

  • 677
    SHARES

  • सेयर बजारमा उच्च अंकको गिरावट, १८५ कम्पनीको मूल्य घट्यो

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार आज नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स  २.७२ प्रतिशतले घटेर ५१९.३४ विन्दुमा पुगेको छ।

    यसदिन ३३३ कम्पनीको ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता सेयर १९ अर्ब ७४ करोड ५ लाख  ९३ हजार ८०० सय रुपैयाँमा खरिद बिक्री भए। उच्च अंकले घटेको सेयर बजारमा ३ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। विन नेपाल  लघुवित्त वित्तीय संस्था,उपकार लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो।

    थ्री स्टार हाइड्रोपावरको सेयर ९.९४ प्रतिशतले बढ्दा धवलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर ८.१४ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा अपी पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

    यसैगरी हिमालयन रिइन्स्योरेन्सको ७३ करोड,साइन रिइन्स्योर‍ेन्सको ५१ करोड,अरुण भ्याली हाइड्रोपावको ३७ करोड र शिवम् सिमेन्टको ३२ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसदिन माइक्रोफाइनान्स समूहबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्। 

    आज ३३३ वटा कम्पनीको सेयर कारोबार हुँदा ५९ कम्पनीको सेयर मूल्य बढ्यो भने १८५ वटा कम्पनीको सेयर मूल्य घट्यो ।


    आइतवार, भाद्र ९ २०८१०३:४६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij