Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस र एमाले समिकरणको सरकारपछि देशमा आर्थिक चलायमान भइरहेको छ: रामहरि खतिवडा

कांग्रेस र एमाले समिकरणको सरकारपछि देशमा आर्थिक चलायमान भइरहेको छ: रामहरि खतिवडा

  • शुक्रवार, भाद्र ७ २०८१

  • 636
    SHARES

  • कांग्रेस र एमाले समिकरणको सरकारपछि देशमा आर्थिक चलायमान भइरहेको छ: रामहरि खतिवडा

    काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कांग्रेस र एमाले समिकरणको सरकारपछि देशमा आर्थिक चलायमान भएको बताउनुभएको छ ।

    नयाँ सरकार गठन भएको छोटो अवधिमै बजारमा आर्थिक चलखेल राम्रो भइरहेको दाबी गर्दै उहाँले एक महिनामा शेयर बजारबाट सरकारलाई ४ अर्व आम्दानी भएको स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कांग्रेस नेता खतिवडाले मन्त्रीमण्डल सुरुमै पूर्ण भएको र देशमा अहिले केहि सुशासनका अनुभुतिहरु पनि हुन थालेको बताउनुभएको छ ।

    मन्त्रीहरुले पनि काम गर्ने जाँगर देखाइरहेकाले अहिलेको सरकारबाट देशमा विकाश हुनेमा विश्वास व्यक्त गर्नुभयो । जनताले वर्तमान सरकारलाई गरेको भरोसालाई मर्न नदिने पनि नेता खतिवडाको भनाइ रहेको छ ।

    दुई ठुला पार्टी मिलेर बनेको सरकारले धेरै सकारात्मक कामहरु गर्नेमा सबैआसावादी हुनुपर्ने नेता खतिवडाले आह्वान गर्नुभयो ।

    यस्तै नेपाल–भारत सम्बन्ध असाध्यै राम्रो भएको बताउँदै उहाँले परराष्ट्रमन्त्री आरजु राणा देउवाको भ्रमणका क्रममा भएका छलफलले पनि यसको पुष्टि गरेको दाबी गर्नुुभयो ।


    शुक्रवार, भाद्र ७ २०८१०८:४२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij