Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई काठमाडौं ल्याइयो

सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई काठमाडौं ल्याइयो

  • शुक्रवार, कार्तिक २१ २०७७

  • 752
    SHARES

  • सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई काठमाडौं ल्याइयो

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई काठमाडौं ल्याइएको छ । कोरोना भाइरस संक्रमित मन्त्री शाहको स्वास्थ्यमा समस्या आएपछि काठमाडौं ल्याइएको हो ।

    १५ कात्तिकमा कोरोना पुष्टि भएका मन्त्री शाह होम आइसोलेसनमा बसिरहनुभएको थियो । बिहीबार नाकबाट रगत बग्न थालेपछि उहाँलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

    अस्थायी अस्पतालमा उपचारपछि साँझ डिस्चार्ज हुनुभएका शाह धनगढीस्थित सरकारी निवासमै आइसोलेसनमा बस्नुभएको थियो । तर, स्वास्थ्य अवस्था सुधार नभएपछि उहाँलाई काठमाडौं लगिएको उनका स्वकीय सचिव जंगबहादुर बिकले जानकारी दिनुभयो ।

     


    शुक्रवार, कार्तिक २१ २०७७०४:५४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij