Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

उपत्यकाव्यापी छैठौं अन्तर विद्यालय मौलिक तीज नृत्य प्रतियोगिता– २०८१ हुँदै

उपत्यकाव्यापी छैठौं अन्तर विद्यालय मौलिक तीज नृत्य प्रतियोगिता– २०८१ हुँदै

  • शुक्रवार, श्रावण ३२ २०८१

  • 683
    SHARES

  • उपत्यकाव्यापी छैठौं अन्तर विद्यालय मौलिक तीज नृत्य प्रतियोगिता– २०८१ हुँदै

    काठमाडौं । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेरिक एकेडेमीले “उपत्यका ब्यापी छैठौं अन्तर बिधालय मौलिक तीज नृत्य प्रतियोगिता – २०८१” आयोजना गरेको छ । यस प्रतियोगिता नेरिक एकेडेमीको प्राङ्गणमा भदौ १ गतेका दिन भब्य रुपले सम्पन्न हुने भएको छ ।

    उक्त प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुर गरी ४० भन्दा बढी बिधालयहरुका बिधार्थीहरुले भाग लिने छन् । सो प्रतियोगितामा १२ बर्ष देखी १६ बर्ष भित्रका उमेर समुहका बिधार्थी र कक्षा १० सम्मका बिधार्थीहरुले मात्र भाग लिन पाउने कुरा नेरिक एकेडेमीका प्रिन्सिपल मिलन कंडेलले जानकारी गराएका छन् ।

    “उपत्यका ब्यापी छैठौं अन्तर बिधालय मौलिक तीज नृत्य प्रतियोगिता – २०८१” मा प्रथम हुनेलाई २० हजार रुपैया र ट्रफी, द्धितिय हुनेलाई १५ हजार रुपैया र ट्रफी, तृतिय हुनेलाई १० हजार रुपैया र ट्रफी, चौथो र पाँचौलाई ५, ५ हजार रुपैया र ट्रफी पुरस्कार निर्धारण गरिएको छ भने उत्कृष्ट १० लाई ट्रफी प्रदान गरिने र बेष्ट कोरियोग्राफरलाई ५ हजार रुपैया र ट्रफी प्रदान गरिने कुरा नेरिक एकेडेमीका प्रिन्सिपल कंडेलले बताए ।

     

    बिधार्थीहरुलाई नकारात्मक कुराहरुलाई छोडेर सकारात्मक भावना तिर प्ररित गर्दै देश, समाज र संस्कृती प्रति सकारात्मक भावना पैदा गर्नुका साथै मौलिक संस्कृतीको जगेर्ना होस् भनी “उपत्यका ब्यापी छैठौं अन्तर बिधालय मौलिक तीज नृत्य प्रतियोगिता २०८१” को आयोजना गरिएको कुरा प्रिन्सिपल मिलन कंडेलले बताएका छन् ।

    प्रतियोगितामा बरिष्ठ कलाकार मिथिला शर्माको प्रमुख आतिथ्यता रहने छ भने निर्णायकहरुमा खड्क बुढा, सुनिल थापा, रिना थापा मगर रहने कुरा आयोजक पक्षले जानकारी गराएको छ ।


    शुक्रवार, श्रावण ३२ २०८१०२:२८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij