Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेकपा एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

  • शुक्रवार, श्रावण ३२ २०८१

  • 668
    SHARES

  • नेकपा एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । भदौ ९ देखि ११ गतेसम्म बस्ने गरी बैठक राखिएको महासचिव घनश्याम भुसालले बताउनुभयो ।

    बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको शपथ, केन्द्रीय संरचनाहरूको निर्माणसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उहाँले बताउनुभयो ।

    केन्द्रीय कमिटीले पूर्णता पाएपछि पहिलो पटक पूर्ण बैठक बस्न लागेको हो । दुई महिनाअघि भएको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी मात्रै घोषणा गरेको थियो ।

    एक महिनापछि केन्द्रीय कमिटीलाई पूर्णता दिए पनि अझै १८ जना पदाधिकारी छान्न बाँकी छ ।


    शुक्रवार, श्रावण ३२ २०८१०२:११:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij