Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आइएमई र जीएमईबीच संयुक्त कारोबार सुरु

आइएमई र जीएमईबीच संयुक्त कारोबार सुरु

  • बुधवार, श्रावण ३० २०८१

  • 456
    SHARES

  • आइएमई र जीएमईबीच संयुक्त कारोबार सुरु

    काठमाडौं । दुई ठुला रेमिट्यान्स कम्पनी आइएमई र जीएमईबीच बुधबारदेखि संयुक्त कारोबार सुरु भएको छ ।

    नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट्यान्सले जीएमई रेमिट्यान्ससँग मर्ज गर्दै बुधबारदेखि संयुक्त कारोबार सुरु गरेको हो । बुधबार दुई ठुला रेमिट्यान्स कम्पनीको एकीकृत कारोबारको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले गर्नुभयो । आइएमई र जीएमई रेमिट मर्ज भएपश्चात अब आइएमई लिमिटेडको नामबाट कारोबार सुरु गरेका छन् ।

    एकीकृत कारोबारको उद्घाटन कार्यक्रममा बोल्दै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक करोड चुक्ता पुँजीको आइएमईले अहिले एक अर्ब भन्दा बढीको कम्पनी भएको बताउनुभयो । उहाँले रेमिट्यान्स सेवाबाट व्यावसायिक यात्रा सुरु गरेको आइएमईले अहिले आफ्नो लगानी सेवामुलक, उत्पादनमुलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा बिस्तार गरिरहेको बताउनुभयो । उहाँले आइएमई ग्रुपअन्तर्गत रेमिट, बैंक तथा वित्तीय संस्थाहरु, केवलकार, होटल तथा रिसोर्ट, जलविद्युत, अटोमोबाइल, बीमा, शिक्षा, स्वास्थ्य, पर्यटन तथा सूचना प्रविधिका क्षेत्रमा विभिन्न कम्पनीहरू सक्रिय रहेको समेत बताउनुभयो ।

    कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले रेमिट्यान्स र बैंकिङ कारोबारलाई डिजिटल बनाउँदा पनि समस्या आउने गरेको बताउनुभयो ।

    उहाँले रेमिट्यान्सको भुक्तानीमा कुनैपनि समस्या आउन नदिनको लागि राष्ट्र बैंकले विभिन्न निर्देशन जारी गरिरहेको बताउनुभयो । आइएमई सुरु गर्दा मासिक २ मिलियन डलर भित्र्याउने लक्ष्य राखेकोमा अहिले २०० मिलियन डलरभन्दा बढी पुगेको छ । दुवै कम्पनीको गत जेठमा भएको साधारण सभाले एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धि प्रश्ताव पारित गरेका थिए ।

    राष्ट्र बैंकले रेमिट कम्पनी मर्जर गर्न लिएको नीति कार्यान्वयन गर्ने आइएई पहिलो बनेको छ । मर्जरपछि कारोबार रकमका आधारमा आईएमई र जीएमइ मर्जपछि कम्पनीको कारोबार वार्षिक साढे ३ खर्ब रुपैयाँभन्दा बढी हुने भएको छ । आईएमईको ९० करोड र जीएमईको २५ करोड रुपैयाँ रहेको पुँजी मर्जपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ कायम हुनेछ ।


    बुधवार, श्रावण ३० २०८१०७:०१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij