Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कांग्रेसका ६ केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि

कांग्रेसका ६ केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि

  • शुक्रवार, कार्तिक २१ २०७७

  • 885
    SHARES

  • कांग्रेसका ६ केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपाली कांग्रेसका ६ जना केन्द्रीय सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    आज बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठकका लागि गत बिहीबार गरिएको पिसिआर परीक्षणमा ६ जना केन्द्रीय सदस्यमा कोरोना पुष्टि भएको हो ।

    कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले आज बिहान आएको परीक्षण रिपोर्टमा ६ केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार रिपोर्टमा केन्द्रीय सदस्यसँगै शीर्ष एक नेताको सुरक्षार्थ खटिएका दुई सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ ।

    कांग्रेसले कोरोना पुष्टि भएका केन्द्रीय सदस्य र सुरक्षाकर्मीको नाम भने खुलाएको छैन । यसअघि गत मंसिर १९ गतेका लागि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक लक्षित गरेर गरिएको परीक्षणका क्रममा पनि कांग्रेसका केही केन्द्रीय सदस्यमा कोरोना संक्रमण देखिएको थियो ।

    आजका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठकका लागि गत बिहीबार केन्द्रीय सदस्य, उनीहरुका अंगरक्षक र चालकसँगै केन्द्रीय कार्यालयका कर्मचारीसहित ८२ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

    यस्तै आज बस्ने भनिएको बैठक आगामी सोमबारसम्मका लागि स्थगित गरिएको छ । बैठकका एजेन्डा तय गर्न बसेको पदाधिकारी बैठकमा सहमति जुट्न नसकेपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक पछि धकेलेको छ ।

     


    शुक्रवार, कार्तिक २१ २०७७०१:२६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij