Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बङ्गलादेशमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्रीको चासो, सुरक्षाका लागि निर्देशन

बङ्गलादेशमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्रीको चासो, सुरक्षाका लागि निर्देशन

  • सोमवार, श्रावण २१ २०८१

  • 991
    SHARES

  • बङ्गलादेशमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्रीको चासो, सुरक्षाका लागि निर्देशन

    काठमाडौं। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बङ्गलादेशमा जारी रहेको आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीको सुरक्षाका लागी ध्यान दिन नेपाली दूतावासलाई निर्देशन दिनुभएको छ।

    मन्त्री डा.राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोन मार्फत आज त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएपछि यस्तो निर्देशन दिनुभएको हो।उहाँले त्यहाँ रहेका नेपालीहरुलाई पर्नसक्ने अप्ठ्यारोप्रति जानकार रही उनीहरुको सुरक्षामा सक्रिय रुपमा लाग्न र आवश्यक सहयोग गर्न पनि निर्देशन दिनुभयो ।

    त्यस अवसरमा बङ्गलादेशमा नेपाली विद्यार्थीलगायत सबै नेपाली नागरिक सुरक्षित रहेका बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले जानकारी गराउनुभएको थियो। मन्त्री डा.राणाले धेरै नेपाली विद्यार्थी स्वदेश फर्किसकेको भए पनि त्यहाँ बाँकी रहेकाहरुको सुरक्षाका लागि उनीहरुको सम्पर्कमा रहेर आवश्यक समन्वय गर्न दूतावासलाई निर्देशन दिनुभयो।

    ढाकास्थित नेपाली दूतावासले बङ्गलादेशमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएकाले त्यहाँ रहेका सबै नेपालीलाई आफू रहेका स्थानमै सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन आजै सूचना जारी गरेको छ। सो सूचनामा बङ्गलादेशबाट अधिकांश विद्यार्थी स्वदेश फर्किसकेका, हाल त्यहाँ करिब चार सय विद्यार्थी रहेका र उनीहरु सुरक्षित रहेका जानकारी पनि दिइएको छ।

    सो सूचनामा नेपाल फर्कन चाहनेहरुले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न आग्रह गर्दै आवश्यक समन्वयका लागि दूतावासको सम्पर्क ठेगाना पनि दिइएको छ।


    सोमवार, श्रावण २१ २०८१०४:२४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij