Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेस सभापति देउवाद्वारा पार्टीका ३८ विभाग प्रमुख तोक्ने तयारी

कांग्रेस सभापति देउवाद्वारा पार्टीका ३८ विभाग प्रमुख तोक्ने तयारी

  • सोमवार, श्रावण २१ २०८१

  • 1.2K
    SHARES

  • कांग्रेस सभापति देउवाद्वारा पार्टीका ३८ विभाग प्रमुख तोक्ने तयारी

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३८ विभागका प्रमुख तोक्ने तयारी गर्नुभएको छ ।

    महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रस्ताव गरे अनुुसारका विभागमा देउवाले प्रमुख तोक्न लाग्नुभएको हो ।

    देउवाले राज्य प्रशासन विभागमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभागमा मधु आचार्य, स्वास्थ्य विभागमा डा. चन्द्रमोहन यादव, पूर्वआप्रवासी विभागमा दिनेश कोइराला, कृषि र किसान विभागमा उमेश श्रेष्ठ, खेलकुद विभागमा उमेशजंग रायमाझीलाई प्रमुख तोक्ने तयारी गर्नुभएको छ ।

    त्यस्तै अभिलेख, अनुगमन तथा मूल्यांकन विभागमा मानबहादुर विश्वकर्मा, पेशागत तथा बुद्धिजीवी विभागमा डा. डिला संग्रौलालाई प्रमुख बनाउन लागिएको छ । सभापति देउवा निकट एक शीर्ष तहका नेताका अनुसार ३८ विभागका प्रमुखको नाम सोमबार नै प्रकाशित गर्ने तयारी छ ।

    सभापति देउवा निवासमा सोमबार विहान शीर्ष नेताहरु छलफलमा बसेका थिए । उक्त छलफलपछि विभागका प्रमुख तोक्ने विषयमा सभापति देउवा र दुई महामन्त्रीले छुट्टै छलफल गरेका थिए ।


    सोमवार, श्रावण २१ २०८१०२:००:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij