Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

तीन हजार ५१ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

तीन हजार ५१ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

  • बिहिवार, कार्तिक २० २०७७

  • 833
    SHARES

  • तीन हजार ५१ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप तीन हजार ५१ जनामा कोरोना भाइरस संक्रमण पष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ५१ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ८५ हजार ९७४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोरोनो संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ५२ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ रहेको छ ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा तीन हजार ४३० जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ४८ हजार ४०८ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ६८ जनाको पिसिआर परीक्षण गरिएको छ । आजसम्म १५ लाख ७ हजार १९० जनाको पिसिआर परीक्षण गरिएको छ ।

    देशभर २९ हजार ५७४ जना होम आइसोलेसनमा छन् । आजसम्म देशभर एक हजार २३२ जना क्वारेन्टिनमा रहेका छन् । देशभर ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ४२८ जना आइसियूमा राखेर उपचार भइरहेको छ ।

     


    बिहिवार, कार्तिक २० २०७७०५:५३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij