Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विगतका संझौता कार्यान्वयन नभए पुनः सत्याग्रह गर्ने डा. केसीको चेतावनी

विगतका संझौता कार्यान्वयन नभए पुनः सत्याग्रह गर्ने डा. केसीको चेतावनी

  • बिहिवार, कार्तिक २० २०७७

  • 1.2K
    SHARES

  • विगतका संझौता कार्यान्वयन नभए पुनः सत्याग्रह गर्ने डा. केसीको चेतावनी

    काठमाडौं । सत्याग्रही डा. गोविन्द केसीले १९ औं सत्याग्रहका वेला भएका सम्झौता कार्यान्वयन नभएको भन्दै आपत्ति जनाउनुभएको छ ।

    आज राजधानीमा पत्रकार सम्मेलन गर्दै केसीले सरकारले सम्झौता कार्यान्वयनमा वेवास्था गरेको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले सम्झौता कार्यान्वयन नभए थप मागसहित पुनः सत्याग्रह गर्ने चेतावनीसमेत दिनुभएको छ ।

    डा. केसीले नागरिक समाज, बुद्धिजीवीलगायत सबै आम नागरिकको सहयोग, समर्थन र ऐक्यबद्धता रहेकाले नै सरकारले सम्झौता गरेको स्मरण गराउँदै यसको कार्यान्वयनमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

    केसीले स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा गुणस्तर र पहुँच विस्तारका दिशामा अहिलेसम्म भएका उपलब्धि आन्दोलनबाटै सम्भव भएको बताउनुभएको छ ।

    उहाँले सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन भएमा नेपालमा दूरदराजसम्म स्वास्थ्य सेवा पु¥याउन तथा नियामक निकायमा दलीय भागवण्डा रोकेर मेडिकल शिक्षाको गुणस्तर कायम राख्न सकिने बताउनुभयो ।

    तत्काल कानुन निर्माणदेखि मेडिकल कलेज निर्माणसम्मका सम्झौता कार्यान्वयनका काम गर्न सरकारलाई दबाब दिनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

     


    बिहिवार, कार्तिक २० २०७७०४:५४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij