Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

ग्लोबल आइएमई बैंक र र्‍याडिसन होटलबीच समझदारी, बैंकका कार्डवाहकलाई र्‍याडिसनमा १५ प्रतिशतसम्म छुट

ग्लोबल आइएमई बैंक र र्‍याडिसन होटलबीच समझदारी, बैंकका कार्डवाहकलाई र्‍याडिसनमा १५ प्रतिशतसम्म छुट

  • आइतवार, श्रावण १३ २०८१

  • 535
    SHARES

  • ग्लोबल आइएमई बैंक र र्‍याडिसन होटलबीच समझदारी, बैंकका कार्डवाहकलाई र्‍याडिसनमा १५ प्रतिशतसम्म छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्‍याडिसन होटल काठमाडौंमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ ।

    उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र र्‍याडिसन होटल काठमाडौंका निर्देशक केदार पाण्डेले हस्ताक्षर गर्नुभयो ।

    समझदारी अनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहकहरुले र्‍याडिसन होटल काठमाडौंमा उपलब्ध सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकहरुले र्‍याडिसन होटल काठमाडौंमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप, तथा ट्रानक्युलिटी स्पाका साथै र्‍याडिसन होटल काठमाडौंले संचालन गरेको एयरपोर्ट रेस्टुरेन्टहरुबाट पनि उपलब्ध हुने सेवाहरुमा उल्लेखित छुट पाउने छन् ।

    ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।


    आइतवार, श्रावण १३ २०८१०३:५७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij