काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता महेन्द्र शाहीले आफूहरुले अब रचनात्मक प्रतिपक्षको भुमिका निभाउने बताउनुभएको छ । सरकारले गर्ने राम्रा कामको समर्थन गर्दै गलत र जनताविरोधी कदमको कडा खबरदारी गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमुख्यमन्त्री समेत रहनुभएका शाहीले देशमा रहेका तमाम समस्याको समाधान माओवादी नेतृत्वको सरकारले गर्न सकेन अब हामी गर्छौ भनेर दुई ठुला दल एक भएको भनिएको तर्क गर्दै उहाँले अब पनि जनता र देशको अवस्था उस्तै रहे वर्तमान सरकारको औचित्य नरहने दाबी गर्नुभयो ।
यस्तै जनताले गरेको अपेक्षा पूरा हुन्छ भन्नेमा आफूहरु पनि विश्वस्त रहेको उहाँको भनाइ छ । अहिलेको आवश्यकता प्रधानमन्त्री, मन्त्री को बन्छ भन्ने नभएकाले विकाश, सुशासन र सम्वृद्धी मुख्य आवश्यकता रहेकाले यी कुराहरु केपी ओली नेतृत्वको सरकारले दिन सक्नुपर्नेमा नेता शाहीको जोड रहेको छ ।
दुई तिहाइ बहुमत प्राप्त सरकारलाई काम गर्नको लागि असजिला पाटाहरु नभएकाले जताको आसा र अपेक्षा पूरा गर्छ भन्नेमा सबै आसावादी रहेको उहाँले दोहो¥याउनुभयो । यदि वर्तमान सरकारले उपलव्धिमुलक काम केहि गर्न सकेन भने सिंगो राजनीतिमाथि नै जनताले गरेको अविश्वास थप पुष्टि हुने उहाँको तर्क छ ।
ठुला दल एक ठाउँमा उभिएर पनि देश बनेन भने मुलुकमा ठुलो निराशा उत्पन्न हुने पनि नेता शाहीको भनाइ छ ।