Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेजाद्वारा क्यानाडामा सामुदायिक पत्रकारिताबारे अन्तरक्रिया

नेजाद्वारा क्यानाडामा सामुदायिक पत्रकारिताबारे अन्तरक्रिया

  • शुक्रवार, श्रावण ११ २०८१

  • 700
    SHARES

  • नेजाद्वारा क्यानाडामा सामुदायिक पत्रकारिताबारे अन्तरक्रिया

    क्यानाडा । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले क्यानाडाको क्याल्गेरीमा समुदाय, सामुदायिक पत्रकारिता र प्रविधिको प्रयोगका सम्बन्धमा अन्तरक्रिया सम्पन्न गरेको छ ।

    गत शुक्रबार भएको अन्तरक्रियामा सहभागीहरूले समुदायका लागि सामुदायिक पत्रकारिताको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो । पछिल्लो समय प्रविधिको विकाससँगै पत्रकारिता गर्ने माध्यम फेरिएको तथा त्यसले अवसर र चुनौति थपेको बताउँदै सहभागीहरूले समुदायले पनि सामुदायिक पत्रकारिताको विकासका लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँहरूले सामुदायिक पत्रकारिता गर्न गाह्रो रहे पनि समयसँगै सामुदायिक पत्रकारिता व्यावसायिक बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

    सो अवसरमा बोल्दै क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले नेपाल बाहिर बढिरहेको नेप्लिज डायस्पोरा नेपालको सहयोगी शक्ति भएको बताउनुभयो । राजदूत पौड्यालले डायस्पोरा बलियो, समृद्ध र एकताबद्व हुँदा त्यसले नेपाललाई सदैब फाइदा पुग्ने उल्लेख गर्नुभयो । राजदूत पौड्यालले नेप्लिज डायस्पोराको एउटा बलियो आधार सामुदायिक पत्रकारिता भएकाले यसलाई जोगाउनु सबैको जिम्मेवारी भएको बताउनुभयो ।

    कार्यक्रममा युनिभर्सिटी अफ ओट्टवाका प्राध्यापक डा। भानुभक्त आचार्यले विषयवक्ताको रुपमा प्रस्तुति दिँदै समुदायसँग सरोकार राख्ने र समुदायलाई सूचना दिने सामग्रीहरू सामुदायिक पत्रकारिताले उठाउनुपर्ने बताउनुभयो ।

    विषयवक्ता डा. आचार्यले ‘न्युज मिडिया’ र ‘सोसल मिडिया’ बीच रहेको फरकका सम्बन्धमा प्रस्ट पार्नुभएको थियो । डा. आचार्यले समुदायले पनि पत्रकारिता र प्रचारकारिताबीचको फरक थाहा पाई पत्रकारिताको विकासमा योगदान दिनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रमको अध्यक्षता गर्नुभएका नेजाका अध्यक्ष सुरज भण्डारीले नेजाले समुदायलाई आवश्यक पर्ने सूचना एवं विषयवस्तुलाई नियमित रुपमा भर्चुअल माध्यममार्फत आमसमुदायबीच प्रवाह गर्ने बताउनुभयो । अध्यक्ष भण्डारीले नेजामा उत्तर अमेरिकामा बसोवास गर्ने नेपाली पत्रकारहरूको संलग्नता रहेको हुँदा सबैले हातेमालो गर्दै पत्रकारिताको माध्यमबाट समाजसेवा गर्न सबै पत्रकारलाई आग्रह गर्नुभयो ।

    नेजाका महासचिव बाबुराम दाहालको सञ्चालन र सदस्य प्रकाश क्षेत्रीको स्वागत रहेको कार्यक्रममा एनआरएनए, क्यानाडाका अध्यक्ष माधव दुलाल, पूर्वअध्यक्ष विनोद केसी, दीपक गौतम, सम्राट थापा, एनआरएनए आईसीसी सदस्य हेमराज पाण्डेय, नेप्लिज कम्युनिटी सोसाइटी अफ क्याल्गेरीका अध्यक्ष प्रकाश बस्याल, पूर्वअध्यक्ष श्रीकान्त अर्याल, उपाध्यक्ष सूर्य अधिकारी, क्याल्गेरी नेप्लिज कम्युनिटी एसोसिसएसनका पूर्वअध्यक्ष दिनेश घिमिरे, अल्बर्टा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष समीर पाण्डे, उपाध्यक्ष दिवस ढकाल, गुल्मेली समाज क्याल्गेरीका अध्यक्ष राजेन्द्र गौतम, नेवा सोसाइटी अफ क्याल्गेरीका अध्यक्ष हेमन्त महर्जन, सामाजिक अभियन्ताहरू राजेन्द्र पोखरेल, अनन्त आचार्य, शर्मिला रानाभाट, जानुका अर्याल, स्पन्दना आचार्य, बबिता अधिकारी, छवि अर्याल, विकास ढकाल, जगदीश चापागाईं, नरेश पोखरेल, सुमन चौलागाईं,राजीव शर्मा, विश्व भण्डारी, डम्बर सिन्च्युरी, विष्णु बजगाईं, टेक क्षेत्रीले समुदायको तर्फबाट धारणा राख्नुभएको थियो ।

    यसैगरी, कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीहर बालमुकुन्द नेपाल, उमा ढकाल, सोमेश बर्मा, प्रमोश पोखरेल, एसपी गौतम, नरेश पोखरेल, कुसुम ज्ञवाली, युवराज पौड्यालले धारणा राख्नुभएको थियो । नेजाका क्यानाडा संयोजक गोकर्ण लामिछाने र सदस्य प्रकाश क्षेत्रीको संयोजनमा कार्यक्रम भएको थियो ।


    शुक्रवार, श्रावण ११ २०८१०८:०६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij