Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

  • बिहिवार, श्रावण १० २०८१

  • 573
    SHARES

  • ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

    काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त हुनुभएको छ ।

    बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यस्तै, स्वतन्त्र–महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवालीलाई नियुक्त गरिएको छ । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि अध्यापन र विभिन्न संघ संस्थामा संलग्न छन्।

    त्यसैगरी समितिले बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई २०८१ भदौ १ गतेदेखि लागु हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। तीन दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा रहेका रेग्मी २०६५ मा नायब प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गर्नुभएको थियो ।

    रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट एमए (अर्थशास्त्र) तथा बेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गर्नुभएको छ। ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रूपमा परिचित छन्।

     


    बिहिवार, श्रावण १० २०८१०४:३४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij