Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

नेकपा एस फुटाउने कोसिस, माधव नेपालले दिए यस्तो चेतावनी...

नेकपा एस फुटाउने कोसिस, माधव नेपालले दिए यस्तो चेतावनी...

  • बिहिवार, श्रावण १० २०८१

  • 1.7K
    SHARES

  • नेकपा एस फुटाउने कोसिस, माधव नेपालले दिए यस्तो चेतावनी...
    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको भन्दै कतैबाट पार्टी फुटाउने प्रयास भइरहेको संकेत दिनुभएको छ ।
     
    उहाँले केन्द्रीय कमिटीको बैठकमा सुनेको कुरा सत्य भए षडयन्त्र गम्भीर खालले अगाडी बढेको जानकारी दिनुभएको छ । उहाँले कस्तो षडयन्त्र भनेर नखुलाए पनि पार्टीलाई विभाजन गराउने खेल भइरहेको प्रति नेताहरूमा संकेत गर्नुभएको छ ।
     
    बिहीबार(आज) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा उहाँले पार्टीविरुद्ध विभिन्न षड्यन्त्र भइरहेको कुरा पनि सुन्नमा आएको बताउनुभयो । 
     
    पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको र त्यसको गहन विश्लेषण गरेर जानकारी हासिल गरी पूर्ण सतर्कता अपनाउनुपर्ने अवस्था आएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘हाम्रा विरुद्धमा अनेकौँ किसिमका षड्यन्त्रका तानाबानाहरू बुनिँदै छन् भन्ने कुरा पनि सुन्नमा आइरहेको छ । कति सत्य हो , कति असत्य हो ? थाहा छैन ।’
     
    उहाँले सुनेका वा अरूले सुनाएका सबै कुरा असत्य नहुने बताउनुभयो । यसबारे सबैले गहन रुपमा अनुसन्धान  गर्नुपर्ने उहाँले बताउनुभयो। उहाँले नेताहरूले यो विषयमा जानकारी लिनुपर्ने बताउनुभयो । जानकारी लिएर यस विषयमा आफ्नो तर्फबाट पूर्ण सतर्कता अपनाउनुपर्ने विभिन्न राजनीतिक दलहरूसँग, राजनीतिक शक्ति हरूसँग संवाद गर्नुपर्ने बताउनुभयो ।


    बिहिवार, श्रावण १० २०८१०३:५८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij