काठमाडौं । नेकपा एमाले नेता खगराज अधिकारीले राजनीति स्थायित्वको लागि नेपाली कांग्रेस र एमाले मिल्नुको विकल्न नरहेकाले दुई ठुला शक्ती एक भएको बताउनुभएको छ ।
मुलुक अस्तव्यस्त र प्रश्नको घेरामा रहेको बेलामा भएको कांग्रेस र एमालेको समिकरणले जनतालाई निराश नबनाउने दाबी गर्दै नेता अधिकारीले देशलाई आसा जगाउने र संविधानमा पुर्नव्यवस्थित गर्नुपर्ने अवस्थामा सहमत भएको स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका नेता अधिकारीले ओली नेतृत्वको सरकारले विकासका काम गरेर देखाउनेमा कुनै आशंका नरहेको दाबी गर्नुभएको छ ।
यस्तै नेता अधिकारीले वर्तमान सरकारले दलहरुप्रति टुटेको जनताको आसा फेरि व्युँत्याउँदै काम गर्ने विश्वास दिलाउनुभयो ।