Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सांसद महतोले ५ हजार घुस दिएको विषयमा छानबिन गर्न समिति गठन

सांसद महतोले ५ हजार घुस दिएको विषयमा छानबिन गर्न समिति गठन

  • मंगलवार, श्रावण ८ २०८१

  • 1.1K
    SHARES

  • सांसद महतोले ५ हजार घुस दिएको विषयमा छानबिन गर्न समिति गठन
    काठमाडौं । पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिँदा घुस खुवाउनु परेको सांसदको आरोपपछि शिक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता तथा उपमहा निर्देशक वसन्त प्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
     
    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै छानबिन गर्न निर्देशन दिनुभएको हो । मन्त्रालयका प्रवक्ता केशव प्रसाद दाहालका अनुसार समितिमा उपसचिव रामप्रसाद शर्मा र शाखा अधिकृत पुष्पा वाग्ले सदस्य छन् ।
     
    जनता समाजवादीका सांसद वीरेन्द्र महतो प्रतिनिधिसभा बैठकमै छोराको समकक्षता लिन पाँच हजार रुपैयाँ घुस दिनुपरेको बताउनुभएको थियो । भारतीय सीबीएसई कोर्स पढेर नेपालबाट समकक्षता लिँदा ५ हजार घुस दिएपछि मात्रै काम बनेको भन्दै संसद्मा प्रश्न उठाउनुभएको थियो ।
     
    मन्त्रालयले समकक्षताको प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुर लगायतका विषयवस्तुका सम्बन्धमा आवश्यक छानबिन गरी सात दिनभित्रमा प्रतिवेदन पेस गर्न भनेको छ । 
     


    मंगलवार, श्रावण ८ २०८१०५:३०:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij