काठमाडौं । देशभरमा आज तीन हजार ३०९ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् भने ३ हजार ८४४ सङ्क्रमणमुक्त भएका छन् ।
आजसम्म एक लाख ४४ हजार ९७८ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल देशधर सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार ९११ पुगेको छ ।
यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरी जम्मा एक हजार ८७८ जना संक्रमित थपिएका छन् ।
हालसम्म देशभर सङ्क्रमितको सङ्ख्या एक लाख ८२ हजार ९२३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण भएको थियो ।