Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमाले अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्री नियुक्त, ठूलो दल कांग्रेसको समर्थन पाएपछि सुशासन ल्याउन सहज, काम गर्नेमा शंकैशंका (खास खबर)

एमाले अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्री नियुक्त, ठूलो दल कांग्रेसको समर्थन पाएपछि सुशासन ल्याउन सहज, काम गर्नेमा शंकैशंका (खास खबर)

  • आइतवार, आषाढ ३० २०८१

  • 1.3K
    SHARES

  • एमाले अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्री नियुक्त, ठूलो दल कांग्रेसको समर्थन पाएपछि सुशासन ल्याउन सहज, काम गर्नेमा शंकैशंका (खास खबर)
    काठमाडौं । नेपालका दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा नयाँ सरकार गठन हुँदैछ । सहकार्य अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डेढ वर्षपछि प्रधानमन्त्री बन्नुहुनेछ । ओलीको भोलि ११ बजे शपथ हुँदैछ ।  दुई ठूला दलको सत्ता समीकरण निर्माण भएसँगै माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादी प्रतिपक्षी बनेका छन् । राष्ट्रिय जनमोर्चा र नेमकिपा पनि प्रतिपक्षीमा बस्ने भएका छन् । यो सहकार्यले राजनीतिक स्थिरता, विकास र समृद्धिलाई मलजल गर्ने अपेक्षा लिइएको छ । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिरताका कारण यी दलहरू एक ठाउँमा उभिएको विश्लेषण हुन थालेको छ । यता, कांग्रेस सांसद रामहरि खतिवडाले प्रधानमन्त्री ओलीसँग काम गर्न सक्ने मन्त्री पठाउन थालिएको बताउनुभयो । साथै संविधानमा सुधारको आवश्यकता रहेकोले समीकरण बनेको उहाँको दाबी छ । 
     
    राजनीतिक इमान्दारिता बचे डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्नुहुनेछ । यद्यपि, यसअघि ओलीका कैयन क्रियाकलाप विश्वास गर्न लायक नभएको विश्लेषकहरूले बताउने गरेका छन् । जनतामा छाएका निराशा, राजनीतिक वितृष्णका कारण नयाँ दल र स्वतन्त्रहरूको उदयले  अत्तालिएका ठूला दलहरूले अब भने मुलुकको समुन्नतिका पक्षमा काम गर्ने झिनो आशा रहेको छ । अभिव्यक्तिहरूले आकाशको तारा झार्ने प्रवृत्ति हाबी हुँदा पनि जनतामाथि धोका भइरहेको छ । को मन्त्री बने, कुन मन्त्रालय पाए भन्दा पनि विगतका अनुभवले कति काम गर्न सके भन्ने महत्त्वपूर्ण विषय हो । तर, यो गठबन्धन पनि स्वार्थ प्रेरित भएकोले सुशासनको कल्पना गर्न नसकिने माओवादी नेता हिमाल शर्माको भनाइ छ । 
     
    मुलुकका विभिन्न परिवर्तनहरूमा जीवन उत्सर्ग गरेका सहिदका सपना र विद्यमान दलका नेताहरूको चाहनालाई यो समीकरणले पूरा गर्न सक्ने धेरै सम्भावना देखिन्छ तर, राजनैतिक इमान्दारिता नै महत्त्वपूर्ण हो । जहिले पनि आफू र आफ्नालाई बनाउनका निम्ति समय र शक्ति खर्च हुँदा देश हारिरहेको छ । नेपाली जनताले धेरै चाहेका छैनन्, शिक्षा, स्वास्थ्य र रोजगारको उचित प्रबन्ध भए मात्रै राजनीतिकर्मीहरूलाई जहिले सम्मान गर्ने थिए की ! 
     


    आइतवार, आषाढ ३० २०८१०८:२२:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij