Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सेयर बजारः नेप्सेमा हरियाली, यस्तो छ कारोबार

सेयर बजारः नेप्सेमा हरियाली, यस्तो छ कारोबार

  • बिहिवार, आषाढ २० २०८१

  • 772
    SHARES

  • सेयर बजारः नेप्सेमा हरियाली, यस्तो छ कारोबार

    काठमाडौं। सेयर बजार परिसूचक नेप्से आज १५.४६ अंकले बढेको छ । परिसूचक ०.७३ प्रतिशतले बढेर २११९.६९ विन्दुमा बन्द भएको छ ।

    आज १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९३ कम्पनीको घट्दा ६ कम्पनीको सेयर मूल्य स्थिर छ। आज दुई करोड २१ लाख ६७ हजार ६७८ कित्ता सेयर ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार रुपैयाँमा किनबेच भएको छ ।

    आज विकास बैंक समूहका कम्पनीको सेयर मूल्य सर्वाधिक तथा विकास बैंक समूहको परिसूचक ३.४३ प्रतिशतले वृद्धि भएको छ भने १३ उपसमूहमध्ये दुईवटाको परिसूचक घटेको छ।

    आँखुखोला जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक ९.३७ प्रतिशतले घटेको छ ।


    बिहिवार, आषाढ २० २०८१०४:१०:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij