काठमाडौं । आज थप तीन हजार ११४ जनामा संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या भने हालसम्म ३७ हजार ४७६ रहेको छ ।
मन्त्रालयका अनुसार हालसम्म पिसिआर विधिबाट १४ लाख ८० हजार ९७८ परीक्षण गरिएका छन् । २४ घण्टामा जम्मा ११ हजार १६६ पिसिआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या एक हजार २७७ जना रहेका छन् ।
यस्तै, आज थप २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको कुुल संख्या एक हजार ४ सय पुगेको छ