काठमाडौं । चर्चित कलाकार दीपक खड्का र सम्झना भण्डारीको आवाजमा रहेको ‘बरीखा’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । दीपक खड्काको नै लय/शब्द रहेको गीतमा मायामा बिछोडिनु परेको पीडालाई दर्शाइएको छ ।
गायक
सानो सानो करौँतीले दुई भारी घाँस काट्यो
जुनीभरलाई लाको माया बादल जस्तै फाट्यो
बरीखैले हो, पानी केले परेको बरीखैले हो
हाम्रो माया छुटाएको अरिकैले हो
गायिका
भन्ज्याङको चौतारीमा वरपीपल शमी
हिजो माया छताछुल्ल आज भयो कमी
बरीखैले हो, पानी केले परेको बरीखैले हो
हाम्रो माया छुटाएको अरिकैले हो
बुधबार(आजै) सार्वजनिक भएको गीतका यी सुरुवाती टुक्काहरू हुन् । प्रेममा रहेको जोडीलाई छुटाएको कुरा यस गीत मार्फत व्यक्त गरिएको छ । माया प्रेमको भावमा आधारित गीतबाट दर्शक श्रोताहरूले मनोरञ्जन लिन सक्नेछन् ।
मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई कृष्ण केसीले एरेन्ज गरेका छन् भने खडक बाजुरेलीले मिक्सिङ गरेका हुन् ।
दुर्गा पौडेलको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा गायक खड्का र गायिका भण्डारीलाई नै देख्न सकिन्छ । गीतको भिडियोलाई दीपक खड्का युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको छ ।
हेनुस् भिडियो: