Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न देउवाको प्रस्ताव

एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न देउवाको प्रस्ताव

  • सोमवार, आषाढ १७ २०८१

  • 3.6K
    SHARES

  • एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न देउवाको प्रस्ताव

    काठमाडौं । दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणको सम्भावना बढेर गएको छ । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न गरेको प्रस्ताव र त्यसमा एमालेको सकारात्मक प्रतिक्रियाले नयाँ ध्रुवीकरणको वातावरण बनेको हो ।

    स्रोतहरूका अनुसार कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो चरणमा प्रधानमन्त्री स्वीकार्न तयार भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच तीनपटकसम्म भएको बैठक निष्कर्षउन्मुख रहेको स्रोतले दाबी गर्‍यो । दुई दलबीच ‘पावर सेयरिङ’ लाई लिएर घनिभूत कुराकानीहरू भइरहेका छन् । तर, अहिलेसम्म सबै भेटघाटहरूलाई गोप्य राखिएको छ । दुवै पार्टीका सीमित नेतामात्रै छलफलमा छन् ।

    कांग्रेस र एमाले मिल्न लागेपछि आत्तिएको बालुवाटारले हिजो कांग्रेसलाई अर्को काउन्टर प्रस्ताव गरेको थियो । बुझिएअनुसार कांग्रेस, माओवादी र रास्वपासहितको अर्को समीकरण बालुवाटारबाट गए पनि कांग्रेस यसमा सकारात्मक भएन ।

    संसदको बाँकी साढे तीन वर्षको अवधिमा एमाले र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने गरी समझदारी बन्न लागेको हो । आधा कार्यकाल ओली र त्यसपछिको आधा देउवा प्रधानमन्त्री बन्ने प्रस्ताव गरिएको छ ।


    सोमवार, आषाढ १७ २०८१०२:०१:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij