Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादी र माओवादी केन्द्र एउटै पार्टी बनाउने प्रयास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

एकीकृत समाजवादी र माओवादी केन्द्र एउटै पार्टी बनाउने प्रयास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

  • आइतवार, आषाढ १६ २०८१

  • 1.4K
    SHARES

  • एकीकृत समाजवादी र माओवादी केन्द्र एउटै पार्टी बनाउने प्रयास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकताको प्रयास भइरहेको बताउनुभएको छ । आइतबार(आज) दिउँसो एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले महाधिवेशनबाट माओवादी केन्द्रसँग एकता गर्ने वातावरण सिर्जना होस भन्ने अपेक्षा गर्नुभएको छ ।
     
    उहाँले भन्नुभयो, ‘नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रका बीचमा हामी एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरिरहेका छौं। मलाई लाग्छ, यो महाधिवेशनले त्यो दिशामा पनि ठोस निर्णय गरोस्। हामी चाहन्छौ, वामपन्थी एकता होस् भन्ने चाहन्छौं।’
     
    उहाँले एकीकृत समाजवादीको राजनीतिक दस्ताबेजमा आफूहरूलाई मित्र पनि र अस्थिर पनि भनेकोप्रति टिप्पणी गर्नुभयो ।  ‘हामीलाई दस्ताबेजमा अस्थिर भन्नु भएको छ। प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुने थिएन,शान्ति सम्झौता पनि हुने थिएन। यो प्रक्रियामा पनि यहाँ आइपुग्ने थिएनौं। गतिशील कुरालाई अस्थिरताको आरोप लगाउने होइन।’ उहाँले भन्नुभयो, ‘जसलाई सम्मान गर्नुपर्ने हो, त्यसलाई अपमान गर्नुभयो भने राम्रो होइन। सच्याउनुहोला।’ 


    आइतवार, आषाढ १६ २०८१०४:२६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij