काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार(आज) नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ विन्दुमा कायम भएको छ । सेन्सेटिभ इण्डेक्स ०.७३ प्रतिशतले घटेर ३६५.०५ विन्दुमा अडिएको छ ।
कारोबार रकम भने हिजोको तुलनामा बढेको छ । यसदिन ३०६ कम्पनीको ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार ९०३ रुपैयाँमा खरिदबिक्री भयो । हिजो २.२७ अंकले बढेको सेयर बजारमा ३ अर्ब ४० करोड मूल्य बराबरको कारोबार भएको थियो ।
आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन । कालिका लघुवित्त वित्तीयको सेयर सर्वाधिक ७.७१ प्रतिशतले बढ्यो । यसैगरी बराही हाइड्रोपावरको सेयर ६.६३ प्रतिशत,सनराइज ब्लूचीप फण्डको ५.९३, गुडविल फाइनान्सको ५.४६ र ग्रीन भेन्चरको ५.०९ प्रतिशतले बढ्यो ।
कारोबार रकमका आधारमा माउन्टेन इनर्जी नेपाल शीर्षस्थानमा रह्यो । सो कम्पनीको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टले १५ करोड मूल्यको सेयर कारोबार गर्दा सीईडीबी हाइड्रोपावरको ९ करोड,पोखरा फाइनान्सको ८ करोड ८६ लाख र गोर्खाज फाइनान्सको ८ करोड ६८ लाख मूल्य बराबरको सेयर कारोबार गरे ।
५२ कम्पनीको मूल्य बढ्दा १८६ वटाको घट्यो । ८ कम्पनीको मूल्य भने स्थिर रह्यो । दुई वटा समूहको सूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिए ।