Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालले साउथ अफ्रिकासँग १ रनले निराश हुँदा नेपाली क्रिकेट समर्थकहरूका लागि असह्य, बलियो टेस्ट राष्ट्रलाई दिएको टक्कर सम्मानजनक (खास खबर)

नेपालले साउथ अफ्रिकासँग १ रनले निराश हुँदा नेपाली क्रिकेट समर्थकहरूका लागि असह्य, बलियो टेस्ट राष्ट्रलाई दिएको टक्कर सम्मानजनक (खास खबर)

  • शनिवार, आषाढ १ २०८१

  • 843
    SHARES

  • नेपालले साउथ अफ्रिकासँग १ रनले निराश हुँदा नेपाली क्रिकेट समर्थकहरूका लागि असह्य, बलियो टेस्ट राष्ट्रलाई दिएको टक्कर सम्मानजनक (खास खबर)
    काठमाडौं । आज नेपालले साउथ अफ्रिकासँग व्यहोरेको १ रनको पराजय नेपाली क्रिकेट समर्थकहरूका लागि निकै असह्य बन्यो । एउटा बलियो टेस्ट राष्ट्रलाई नेपालले दिएको बलियो टक्करले अन्तिममा आफ्नो पक्षमा नतिजा पार्न सकेन । नेपाल सहज जितको बाटोमा उन्मुख हुँदा हुँदै पनि त्यसले सार्थकता पाउन सकेन । १७ ओभरको खेल समाप्त हुँदा नेपाललाई चाहिएको थियो केवल १८ रन र हातमा थिए ७ विकेट । गुगलमा हेर्दा समेत नेपालको जित्ने सम्भावना ९६ प्रतिशत देखाएको थियो । समग्रमा खेल राम्रो भएपनि केही खेलाडीहरूले गैह्र जिम्मेवारी सट खेलेको पूर्व राष्ट्रिय खेलाडी विजय शर्माको भनाइ छ । 
     
    ओपनर आसिफ शेख सुरुदेखि क्रिजमा डटिरहेका थिए । अर्को इन्डमा थिए, नेपालका फिनिसर दीपेन्द्र सिंह ऐरी । कुशल मल्ल, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछानेसहितको लामो ब्याटिङ पंक्ति नेपालसँग सुरक्षित नै थियो । एक ओभर अगाडि नै जित हासिल गर्न सक्ने स्थितिमा थियो नेपाल । समर्थकहरू उत्सव मनाउन ठिक्क परिसकेका थिए । तर, १८ औं ओभरमा नसोचेको भयो । क्रमशः अन्तिम बलमा गुल्शनले नेपालको पक्षमा खेल पार्न सकेनन् । गुल्शनले अन्तिममा ब्याटतिर फर्किनु, कप्तानले राम्रो प्रदर्शन नगर्नु हारको कारक रहेको क्यानका उपाध्यक्ष रोशन सिंहको दाबी छ । 
     
    आईसीसी टी–२० विश्वकप २०२४ मा समूह चरणबाट बाहिरिँदा नेपालले २०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर पनि गुमाएको छ । अमेरिका र वेष्टइण्डिजमा जारी विश्वकपमा सुपर–८ मा पुग्ने टोलीलाई २०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर थियो । भारत र श्रीलंका आयोजक हुँदा सोझै विश्वकपमा पुगेका छन् । सुपर–८ मा पुग्ने भारत बाहेक अन्य ७ टोलीले २०२६ को विश्वकपमा स्थान बनाउने छन् । सुपर ८ बाहेक आईसीसीको वरीयतामा शीर्ष स्थानमा रहने तीन टोली पनि सोझै विश्वकपमा पुग्नेछन् । आईसीसीको टी–२० आई वरीयतामा नेपाल १८औं स्थानमा छ । आजको खेलमा नेपालको प्रदर्शन उत्कृष्ट रहेपनि नबिर्सने पीडा बोध भएको छ । यस्तो मौका नेपालका लागि बारम्बार नआउने क्रिकेटका विज्ञहरूले बताएका छन् । 
     


    शनिवार, आषाढ १ २०८१०८:१७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij