Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

२ हजार ८२४ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

२ हजार ८२४ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

  • आइतवार, कार्तिक १६ २०७७

  • 984
    SHARES

  • २ हजार ८२४ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

    काठमाडौं । नेपालमा आज थप २ हजार ८२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    मन्त्रालयका अनुसार आज थप २ हजार २६४ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको कुल संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १३ हजार २३ जनाको पिसिआर परीक्षण गरिएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेको छ भने २ हजार ३ सय ८६ जना क्वारेन्टिनमा छन् ।

    पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ सय ६० पुगेको छ ।


    आइतवार, कार्तिक १६ २०७७०५:१२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij