Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

हाम्रो पार्टी सबैको तारो बनेको छ : माधव नेपाल

हाम्रो पार्टी सबैको तारो बनेको छ : माधव नेपाल

  • आइतवार, जेठ २७ २०८१

  • 841
    SHARES

  • हाम्रो पार्टी सबैको तारो बनेको छ : माधव नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन खोजिएको दाबी गर्नुभएको छ ।

    आइतबार पार्टीले आयोजना गरेको समाजवादी कार्यदिशाबारे प्रवचन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कम्युनिस्टहरूले नै आफ्नो पार्टी सिध्याउन खोजेको दाबी गर्नुभएको हो ।

    उहाँले एउटा अध्यादेश ल्याएर जसपापछि एकीकृत समाजवादीलाई स्वतन्त्रको हैसियतमा सांसदहरूलाई पुर्‍याएर सिध्याउन खोजिएको दाबी गर्नुभयो ।

    ‘कम्युनिस्ट भनौदाहरु नै कम्युनिस्टलाई सिध्याउन चाहिरहेका छन् । तपाईहरुलाई थाहा छ कि छैन ?’, प्रश्न गर्दै नेपालले भन्नुभयो, ‘एउटा अध्यादेश ल्याएर हाम्रो पार्टीलाई हैसियतमा पुर्‍याएर यो पार्टीका मान्छेलाई जहाँ पनि जान दिने ? जसरी जसपालाई पुर्‍याउने काम भयो, दोस्रो तारो हामी बनेका हौँ ।’


    आइतवार, जेठ २७ २०८१०५:०१:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij