Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले गिरिबन्धु टी–स्टेटको मुद्दा उठाएसँगै सत्ता–प्रतिपक्षको दोहोरी शुरु, राजनीतिमा नैतिकताको खडेरी (खास खबर)

कांग्रेसले गिरिबन्धु टी–स्टेटको मुद्दा उठाएसँगै सत्ता–प्रतिपक्षको दोहोरी शुरु, राजनीतिमा नैतिकताको खडेरी (खास खबर)

  • शुक्रवार, जेठ २५ २०८१

  • 806
    SHARES

  • कांग्रेसले गिरिबन्धु टी–स्टेटको मुद्दा उठाएसँगै सत्ता–प्रतिपक्षको दोहोरी शुरु, राजनीतिमा नैतिकताको खडेरी (खास खबर)

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी अनियमितता प्रकरणको मुद्धामा संसदीय छानबिन समिति बनिसकेपछि झापामा रहेको गिरिबन्धु टी–स्टेटको जग्गा घोटालाकाण्डलाई उठान गरेको छ । गिरिबन्धुको जग्गामा एमाले अध्यक्ष केपी शर्मा ओलीको संलग्नता दाबी गर्दै कांग्रेसले यस विषयमा समेत अनुसन्धान हुनुपर्ने अडान लिएको छ । कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले गिरिबन्धु टी–स्टेटको जग्गामा भएको अनियमितताबारे छानबिन हुनुपर्ने माग गर्नुभएको छ । यता, एमालेले भने कांग्रेसले आफ्नो पार्टीका अध्यक्षमाथि बिना कारण प्रहार गरिरहेको दाबी गरेको छ । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले खोजीखोजी बनावटी मुद्धा बनाएर हिलो छ्याप्ने कार्य भइरहेको बताउनुभयो ।

    नेपाली कांग्रेसले पनि सदनमा आफ्ना सांसदहरुले उठाएका विषयलाई साथ दिँदै आएको छ । कांग्रेस सांसद डा. उदयशम्शेर राणाले सदनमा कांग्रेसको तर्फबाट जोसुकै बोलेपनि त्यो पार्टीको मुद्धा हुने बताउनुभयो । सांसदहरुका आआफ्ना क्षेत्रका समस्याहरुबाहेक जनपक्षीय हितका मुद्धा साझा रहने उहाँको भनाइ छ ।

    संसदमा देखिएको दृष्य अशोभनीय बन्दै गएको राजनीतिक विश्लेषकहरुको भनाइ छ । विश्लेषक डा. पुरञ्जन आचार्यले आरोप लागेको व्यक्तिले नैतिकता देखाए सबै समस्याको हल हुने भएपनि आरोपितले लाज पचाउँदा समस्या भएको बताउनुभयो । विश्वकाउदाहरण दिँदै उहाँले विभिन्न ठाउँमा यी घटनाहरु हुने भएपनि नैतिकता प्रस्तुत हुने गरेको दाबी गर्नुभयो ।

    प्रतिनिधिसभा ऐन, नियम, कानून निर्माण गर्ने थलो हो, त्यहाँ विभिन्न विधेयकमा घनिभूत छलफल हुनुपर्दथ्यो । संविधान जारी भएपछिका ८ वर्षसम्म पनि कानून निर्माणको गति कछुवाको गतिमा छ । संघीय संसदमा देखिएको अराजकता राष्ट्रियसभा हुँदै प्रदेशसम्म पुगेको छ । जसले मुलुकलाई समृद्धितिर होइन गलत दिशातर्फ निर्देश गरेको छ ।


    शुक्रवार, जेठ २५ २०८१०८:२३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij