काठमाडौं । पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता मीन विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार थालिएको छ ।
कोरोना संक्रमण भएपछि ग्राण्डी अस्पतालमा उपचाररत विश्वकर्मालाई शनिबारे आइसियूबाट भेन्टिलेटरमा राखेर उपचार थालिएको हो ।
कात्तिक १ गते कोरोना पुष्टि भएपछि ८ दिनसम्म होम आइसोलेशनमा बसेका उनको स्वास्थ्य सुधार नभएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो ।
वीर अस्पतालमा उपचार गराएको तीन दिनसम्म पनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई ग्राण्डी लगिएको हो ।