Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट थप २ जनाको मृत्युु

कोरोना संक्रमणबाट थप २ जनाको मृत्युु

  • आइतवार, कार्तिक १६ २०७७

  • 868
    SHARES

  • कोरोना संक्रमणबाट थप २ जनाको मृत्युु

    काठमाडौं । कोरोना संक्रमणवाट थप २ जनाको मृत्युु भएको छ । कैलालीका एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बाँकेमा मृत्यु भएको छ।

    कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा नं. १ निवासी ६० बर्षीय पुरुषको उपचारका क्रममा आज विहान मृत्यु भएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुुभयो ।

    स्वास्थ्यमा सुधार नआएपछि उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। हालसम्म बाँकेमा ५० जना संक्रमितको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुुभयो ।

    यसैगरी , सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा भेरीगंगा नगरपालिका–१२ सुर्खेतका ३२ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको छ ।

    अस्पतालका कोरोना फोकल प्रसन डा. नवराज केसीका अनुसार उनलाई तीन दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा गयराति १० बजे पु¥याइएको थियो ।

    अस्पतालमा आएको एक घण्टाभित्रै उनको मृत्यु भएको डा. केसीले बताउनुु भएको छ ।

     


    आइतवार, कार्तिक १६ २०७७१०:३३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij