काठमाडौं। सेयर बजार परिसुचक नेप्से आज पनि घटेको छ। उतार चढावकाबीच परिसुचक ५ अंक बढीले ओरालो लाग्दा नेप्से आज २ हजार ७९ बिन्दुमा झरेको छ।
आज करिब ४ अर्बको कारोवार भएको बजारमा अधिकांश उपसुचक ओरालो लागेका छन्। म्युचुअल फण्ड समूहमा करिब ५ प्रतिशतको बृद्धि आउदा लघुवित्त, वित्त, उत्पादन समूहमा सामान्य अंकको वृद्धि आयो। अरु सबै समूह ओरालो लागेका छन्।
घटेको बजारमा पनि भगवति हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन्। कारोवारका हिसाबमा एनआरएन इन्फ्रास्ट्रक्चर र सिईडिबी हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहे।
आज ३०६ कम्पनीको ८० लाख कित्ता शेयर ३ अर्ब ९९ करोड बढीमा किनबेच भएको नेप्सेले जनाएको छ। आज ८३ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ५८ कम्पनीको घटेको छ।