Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बेलायतमा पुनः एक महिनाका लागि लकडाउन

बेलायतमा पुनः एक महिनाका लागि लकडाउन

  • आइतवार, कार्तिक १६ २०७७

  • 1.6K
    SHARES

  • बेलायतमा पुनः एक महिनाका लागि लकडाउन

    एजेन्सी। बेलायतमा पुन एक महिनाका लागि लकडाउन गरिएको छ । कोरोना संक्रमण नियन्त्रणमा नआएपछि प्रधानमन्त्री बोरिस जोनसनले चार हप्ता लकडाउनको घोषणा गरेका हुन् ।

    कोरोना संक्रमण बढ्दै गएपछि बेलायतमा दोस्रो पटक लकडाउनको घोषणा गरिएको हो । बेलायतमा प्रतिदिन २० हजार भन्दा बढी कोरोना संक्रमित थपिन थालेपछि पुन लकडाउन गरीएको हो ।

    यसअघि मार्च २३ देखि जुलाइ ४ सम्म लकडाउनको घोषणा गरिएको थियो । सरकारको निर्णयसँगै आगामी डिसेम्बरसम्म अत्यावश्यक कामबाहेक घर बाहिर नजान सर्वसाधारणलाई आग्रह गरिएको छ ।

    यस्तै रेष्टुराँ, जिमखाना र पबलगायत सर्वसाधारणको भीड हुने सेवा प्रदायकहरुलाई पनि बन्द गराइएको छ ।प्रधानमन्त्री जोनसनले पत्रकार सम्मेलन गरेर आवश्यक पसल, शिक्षण संस्था र खेलका प्रतियोगिताहरु भने जारी रहने बताएका छन् ।

    कोरोनाका कारण मृत्यु हुनेको संख्यामा बेलायत पाँचौ राष्ट्र हो ।अमेरिका, ब्राजिल, भारत र मेक्सिकोपछि बेलायतमा कोरोना संक्रमितको मृत्यु दर उच्च रहेको छ ।


    आइतवार, कार्तिक १६ २०७७०७:११:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij