Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभामा अर्थमन्त्रीले बजेटमाथिका प्रश्नको जवाफ दिने

राष्ट्रियसभामा अर्थमन्त्रीले बजेटमाथिका प्रश्नको जवाफ दिने

  • मंगलवार, जेठ २२ २०८१

  • 666
    SHARES

  • राष्ट्रियसभामा अर्थमन्त्रीले बजेटमाथिका प्रश्नको जवाफ दिने
    काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो सवा १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।
     
    आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहने कार्यसूची रहेको छ ।
     
    यस्तै, बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेटमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिने संसद् सचिवालयले जनाएको छ ।
     
    आजको बैठकमा शोक प्रस्तावको कार्यसूची समेत रहेको छ । अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका पूर्वसदस्य खगेन्द्र रेग्मी, संविधानसभाका पूर्वसदस्य सूर्यमान गुरुङ र प्रतिनिधिसभाका पूर्वसदस्य शैयद मेहराज अहमद शाहको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।


    मंगलवार, जेठ २२ २०८१०७:०७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij