Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

उपत्यकामा मात्रै थपिए १ हजार ३५७ कोरोना संक्रमित

उपत्यकामा मात्रै थपिए १ हजार ३५७ कोरोना संक्रमित

  • शनिवार, कार्तिक १५ २०७७

  • 1.0K
    SHARES

  • उपत्यकामा मात्रै थपिए १ हजार ३५७ कोरोना संक्रमित

    काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार काठमाडौं उपत्यकामा थप १ हजार ३५७ कोरोना संक्रमित देखिएका छन् ।काठमाडौंमा १ हजार १ सय १३, भक्तपुरमा ४९ र ललितपुरमा १ सय ९५ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    संक्रमितमा ५६९ महिला र ७८८ पुरुष रहेका छन् । शनिबार मुलुकभर थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै,२४ घण्टामा २ हजार २६४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ रहेको मन्त्रालयले जनाएको छ ।


    शनिवार, कार्तिक १५ २०७७०४:४१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij