कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १७ जनाको मृत्यु भएको छ । योसमेत देशभर संक्रमणबाट निधन हुनेको संख्या नौ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा संक्रमणबाट मृत्य हुने दर ०.५ प्रतिशत छ । देशभर शनिबार कोरोनाका थप २५ सय आठजना नयाँ संक्रमित थपिएका छन् ।हाल ३८ हजार पाँच सय ८४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी संक्रमितमध्ये दुई सय ९६ जनाको आइसियू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।