Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सेयर बजारः नेप्से परिसुचक राताम्मे, कस्तो छ आजको कारोबार...

सेयर बजारः नेप्से परिसुचक राताम्मे, कस्तो छ आजको कारोबार...

  • बुधवार, जेठ १६ २०८१

  • 618
    SHARES

  • सेयर बजारः नेप्से परिसुचक राताम्मे, कस्तो छ आजको कारोबार...

    काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्य पेश गरेकै भोल्पिल्ट सेयर बजार दोहोरो अंकले घटेर राताम्मे बनेको छ।

    नेप्से परिसुचक आज २३.८१ अंकले घटेर २ हजार ८९.४२ अंकमा कायम भएको छ। हिजोको तुलनामा यो १.१२ प्रतिशतले घटेको हो।

    आज कारोबार रकममा भने उल्लेख्य सुधार भएको छ। उक्त दिन झण्डै २३ हजार ८० वटा कारोबारमा १ करोड ७ लाख ३८ हजार १ सय ६९ कित्ता शेयर किनबेच भए।

    ती किनबेचमा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। गत सोमबार ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

    कारोबारमा आएका ५६ स्टक्सको मूल्य बढ्दा १९१ वटाको घट्यो। चार समूहको उपसूचक बढ्दा अन्यको उपसूचक नकारात्मक देखिएका छन्। यसदिन फाइनान्स, होटल्स एन्ड टुरिजम, मनु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक सकारात्मक देखिएका छन्।

     


    बुधवार, जेठ १६ २०८१०३:३७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij