Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सेयर बजारः दोहोरो अंकको गिरावटले बजार राताम्मे

सेयर बजारः दोहोरो अंकको गिरावटले बजार राताम्मे

  • आइतवार, जेठ १३ २०८१

  • 720
    SHARES

  • सेयर बजारः दोहोरो अंकको गिरावटले बजार राताम्मे

    काठमाडौं। सेयर बजारमा दोहोरो अंकको गिरावट आएसँगै सिंगो राताम्मे भएको छ। साताको पहिलो कारोबार दिन आज आइतबार बजार २२.१४ अंकले घटेर २१०९ को विन्दुमा कायम भएको छ।

    आज नेप्सेमा कारोबारमा आएका ३१५ कम्पनीको १ करोड १० लाख ४४ हजार ४८५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ।

    आज ११ वटा उपसूचक राताम्मे भएका छन्। यसदिन इन्फिनिटी लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ।कम्पनीको सेयर मूल्य ६.३६ प्रतिशतले घटेको हो।

    त्यसैगरी, विन नेपाल लघु्वित्तको ६.३५ प्रतिशत, भगवती हाइड्रोपावरको ५.८८ प्रतिशत,गणपति लघुवित्तको ५.६९ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैकको ५.४० प्रतिशतले सेयर मूल्य घटेको छ।


    आइतवार, जेठ १३ २०८१०४:४४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij