Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संसद्को गतिरोध हटाउन एकीकृत समाजवादीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

संसद्को गतिरोध हटाउन एकीकृत समाजवादीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

  • आइतवार, जेठ १३ २०८१

  • 785
    SHARES

  • संसद्को गतिरोध हटाउन एकीकृत समाजवादीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
    काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसद्को गतिरोध हटाउन ध्यानाकर्षण गराएको छ। पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर संसद्‌मा देखिएको गतिरोध हटाउने विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो।  
     
    ध्यानाकर्षण पत्रमा संसद्को गतिरोध अन्त्यका लागि छलफल र सार्थक संवादको माध्यमबाट प्रतिपक्षलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने, नीति कार्यक्रम र वार्षिक बजेटमार्फत जनताका समस्या समाधान गर्नुपर्ने लगायत विषय उल्लेख छन्।
     
    ‘संसद् जनताका सबै प्रकारका समस्याको उठान गर्ने र घनिभूत छलफलको माध्यमबाट सरकारको ध्यानाकर्षण गराउनुका साथै समाधानका लागि मार्गदर्शन गराउने थलो हो। त्यसैले संसद्‌मा जारी अवरोध हटाउन प्रधानमन्त्रीले सार्थक संवाद तथा छलफलसहित विपक्षीलाई विश्वासमा लिएर अगाडि बढ्ने विश्वास हाम्रो पार्टीको विश्वास छ,’ पत्रमा भनिएको छ।
     
    प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससहित अन्य प्रतिपक्षी दलसँग तत्काल सार्थक छलफल र वार्ताद्वारा समाधान निकाली संसदीय प्रक्रिया अगाडि बढाउन आफूले पहल गरिरहेको र चाँडै संसद्का नियमित कामकारबाही अगाडि बढ्ने बताउनुभएको एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिनुभयो ।
     
    नेपालले पनि संसद्को गतिरोध अन्त्य गर्ने दिशामा प्रधानमन्त्रीको सक्रिय पहलकदमीको अपेक्षा गर्दै पार्टीको तर्फबाट प्रधानमन्त्रीलाई  सम्पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हमालले बताउनुभयो।


    आइतवार, जेठ १३ २०८१०४:४२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij